PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

साताको साहित्य पुरस्कार कवि बोनम प्रतापलाई



पहिलोपोस्ट

साताको साहित्य पुरस्कार कवि बोनम प्रतापलाई

काठमाडौं : साताको साहित्य डटकमले यस वर्षको 'साताको साहित्य पुरस्कार' कवि बोनम प्रतापलाई दिने घोषणा गरेको छ।
 
पाठक प्रतिक्रिया र साताको साहित्यको छनोटका आधारमा केही समयअघि साताको साहित्यले हरेक वर्षझैं तीन उत्कृष्ट रचनाहरू सार्वजनिक गरेको थियो। जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा जीवन खत्रीको कविता ‘एउटा खस्रो चित्र’ र गजलकार कमल संघर्षको गजल छानिएका थिए। 'तीन वटा उत्कृष्ट रचनाबाट चार सदस्यीय निर्णायक समितिले सर्वोत्कृष्ट रचना चयन गरेको हो,' साताको साहित्यका सम्पादक निष्प्रभ सजीले भने। प्रतापको कविता 'म नि सुन्दर थिएँ नि'लाई पुरस्कार दिन लागिएको हो। उनले ताम्रपत्रसहित २० हजार नगद पाउनेछन्।
 
निर्णायक मण्डलमा कवि महेन्द्र पौडेल, नेपाली पत्र अष्ट्रेलियाका सम्पादक ऋषि आचार्य, नेपाली टाइम्स अष्ट्रेलियाका सम्पादक सुजित सिग्देल र साताको साहित्यका सम्पादक निष्प्रभ सजी रहेका थिए।
 
‘असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साताको साहित्यले हरेक वर्ष आफ्नो वेबसाइटमा अगष्ट २०१५ देखि जुलाई २०१६ सम्म प्रकाशित रचना मध्येबाट उत्कृष्टलाई पुरस्कृत गर्ने गरेको छ।
 
यसअघि साताको साहित्य पुरस्कार रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास र नवराज पराजुलीका रचनाहरूलाई प्रदान गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell