काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टीमकी कप्तान रुविना क्षेत्रीलाई अष्ट्रेलियन क्रिकेट लिग बिग ब्यास क्लबमा प्रशिक्षण गर्ने मौका मिलेको छ।
क्रिकेट र अष्ट्रेलिया र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको संयुक्त सहकार्यमा रेबेल बिग ब्यास मा एसोसियट राष्ट्रका खेलाडीलाई दिइएको मौकामा नेपाली रुविना पनि परेकी हुन्।
महिला बिग ब्यास लिगको दोस्रो संस्करणका लागि ८ टीमले आफ्नो रुकी खेलाडीको नाम पक्का गरेको हो। जसमा विभिन्न ७ राष्ट्रका ८ खेलाडी छन्। तयसमध्ये रुविनाले मेलवर्न रेनेगाड्स क्लबमा प्रशिक्षण दिनेछिन्।
आगामी डिसेम्बर १० बाट सुरु हुने दुई हप्ताको रुक्की प्रशिक्षणमा एसोसियट राष्ट्रका खेलाडीहरुले प्रशिक्षण गर्नेछन्।
एसोसियट राष्ट्रका खेलाडीहरुलाई क्रिकेटको माथिल्लो तहमा खेल्ने अवसर प्रदान गर्नका लागि यस्तो खालको प्रोग्राम बनाइएको उल्लेख छ।