PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

सलमानले घोषणा गरे आफ्नै ब्यानरमा नयाँ फिल्म



पहिलोपोस्ट

सलमानले घोषणा गरे आफ्नै ब्यानरमा नयाँ फिल्म

बलिउड स्टार सलमान खानले आफ्नै ब्यानरमा नयाँ फिल्म घोषणा गरेका छन्।
 
सलमान खान फिल्मस् र फर्स्ट टेक इन्टरटेनमेन्टले संयुक्त रुपमा 'लायन्स अफ द सी' बनाउने भएको हो।
 
फिल्म कोमागाटा मरु घटनामा आधारित रहने बलिउड हंगामाले जनाएको छ। यही घटनाले क्यानडाको आप्रवासी नीति परिवर्तन गरेको थियो। फिल्ममा भारतदेखि क्यानडासम्मको यात्रा देखाइनेछ।
 
फिल्मको बारेमा बोल्दै सलमानले भने, 'हामीले निर्माण गर्न लागेको फिल्मले मानवता र बहुसांस्कृतिक समाज निर्माणको लागि योगदान पुर्‍याउनेछ।'
 
फिल्मलाई विनय विरमानी र पाउलिन धिलोनले सहनिर्माण गर्नेछन्। 
 
पौराणिक र यथार्थपरक घटना बोल्ने सो फिल्म भारत र क्यानडाको सहकार्यमा बन्ने पहिलो फिल्म बन्नेछ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell