PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

शिक्षा- कक्षा ९, योग्यता- डाक्टर!



सविन ढकाल

शिक्षा- कक्षा ९, योग्यता- डाक्टर!

ललितपुर : डाक्टर बन्न सजिलो छैन। पढाइ र पैसा भए पनि सबै सफल नहुन सक्छन्। तर ललितपुरका एक युवाले भने डाक्टर बन्ने मोहमा धेरै मेहनत गरे। तर त्यो मेहनत अवैध थियो। उनी पक्राउ परे।
 
ललितपुर उपमहानगरपालिका-३० बस्ने २९ वर्षीय अनुप गोविन्द वैद्यको पढाइ जम्माजम्मी ९ कक्षा मात्र हो। पढाइ कम भए पनि उनीसँग डाक्टरको परिचयपत्र छ। यसैको आडमा उनले धेरैको आँखामा धुलो छर्न भ्याइसकेका छन्।
 
केही दिनअघि ठगी अभियोगमा पक्राउ परेका उनै वैद्यलाई मंगलबार महानगरीय प्रहरी परिसर ललितपुरले सार्वजनिक गर्‍यो। आफू डाक्टर भएको र विदेश पठाइदिने भन्दै ठगी गर्ने उनीविरुद्ध ६ जनाको उजुरी परेको छ।
 
वैद्यसँग नेपाल मेडिकल कलेज जोरपाटी र पाटन हस्पिटलबाट प्राप्त जस्तो देखिने 'डाक्टर' उल्लेख गरिएको परिचयपत्र छ।
 
आफु बेलायतको पिआर भएको र विदेश पढाइदिने भन्दै उनले विभिन्न व्यक्तिबाट १० लाख रकम असुल गरेको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ। ललितपुरमा रहेको कसमस प्रिन्टिङ सोलुसनबाट उनले डाक्टर प्रमाणित गर्ने नक्कली कागजपत्र बनाएको समेत खुलेको छ। आफूलाई बेलायतको पिआर प्रमाणित गर्न उनले अरुलाई बेलायतमा रहेका बैंकको एटिएम कार्ड समेत बनाएको महानगरीय प्रहरी परिसरका ललितपुरका एसएसपी पिताम्बर अधिकारीले बताए।
 
पक्राउ वैद्यमाथि अहिले प्रहरील ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ। उनले अरुलाई पनि ठगी गरेको हुन सक्ने भएकाले त्यस्तो भए उजुरी दिन समेत एसएसपी अधिकारीले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell