PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

लोकमान पुगे सर्वोच्च, सोधे- 'भाडाको निवासमा किन, कसरी र कुन उद्देश्यले म्याद तामेल गर्न लगियो?'



पहिलोपोस्ट

लोकमान पुगे सर्वोच्च, सोधे- 'भाडाको निवासमा किन, कसरी र कुन उद्देश्यले म्याद तामेल गर्न लगियो?'

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले म्याद तामेलीमा अवरोधको विषयमा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्।

कार्की आफैँ उपस्थित भएर मंगलबार जवाफ पेश गरेका हुन्।

गत २३ कात्तिकमा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले कार्कीले म्याद तामेलीमा अवरोध गरेको भन्दै दायर रिटमा सात दिनभित्र लिखित जवाफ पेश गर्नुपर्ने आदेश थियो। अदालतले म्याद तामेलीमा अवरोध गरेका लोकमानसिंंह कार्कीलाई किन सजाय दिनु नपर्ने? भनी प्रश्न गर्दै सजाय गर्नु नपर्ने कुनै आधार र कारण भए सात दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न भनेको थियो।

कार्कीले अदालतमा पेश गरेको जवाफमा आफू म्याद तामेलको समयमा नेपालमै नरहेको उल्लेख गरेका छन्। उनले आफ्नो अन्य मुद्दामा म्याद तामेली अख्तियारको सरकारी निवासमा भएको र आफु बसोबास गर्ने गरेको वास्तविक वतनमा कहिल्यै पनि कुनै पनि अनपेक्षित स्थितिको सिर्जना नभएको दाबी गरेका छन्।

उनले जवाफमा लेखेका छन्- 'मैले विगत तीन वर्षभन्दा बढी समयदेखि भाडामा दिइएको निवासमा किन कसरी र कुन उद्देश्यले म्याद तामेल गर्न लागियो भन्नेमा म स्वयम् आश्चर्यमा परेको र यो विषयमा सम्मानित अदालतको ध्यान आकर्षण होस् भनी निवेदन गर्दछु।' 

कार्कीले काठमाडौँ महानगरपालिका वडा नं १० का सचिव सरिता राईलाई समेत आफूले कुनै प्रभावमा नपारेको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell