PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

राज सरगमको 'छाउघर'लाई गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार



पहिलोपोस्ट

राज सरगमको 'छाउघर'लाई गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार

काठमाडौं : यस वर्षको गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार राज सरगमको उपन्यास 'छाउघर'लाई प्रदान गरिने भएको छ।

बालसाहित्य प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै पुरस्कारको घोषणा गरेको हो।

साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको स्मृतिमा स्थापित यो पुरस्कार २०६९ सालबाट नियमित प्रदान गरिँदै आएको छ। 'किशोरकिशोरीको संवेगलाई सशक्त रुपमा प्रस्तुत गरी सामाजिक कुप्रथाको चिरफार गर्दै उज्यालो गोरेटोतर्फ हिँड्न अभिप्रेरित गर्ने यो कृतिको पाण्डुलिपिलाई उत्कृष्ट ठहर गरी यस वर्ष पुरस्कृत गर्ने निर्णय गरिएको छ,' प्रतिष्ठानकी संस्थापक जलेश्वरी श्रेष्ठ र अध्यक्ष कार्तिकेय घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पुरस्कृत कृतिका लेखकलाई नगद ११ हजार एक सय ११ र ताम्रपत्र प्रदान गरिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell