PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

चोरी गरेको चेक लिएर बैंक पुग्दा प्रहरीको फन्दामा



पहिलोपोस्ट

चोरी गरेको चेक लिएर बैंक पुग्दा प्रहरीको फन्दामा

काठमाडौं : सोमबार बिहान ३२ वर्षीय केशवराज फुलारा नयाँ बानेश्वरबाट ललितपुर कुपण्डोलतर्फ भाडाको बस चढी जाँदै थिए। कुपण्डोल पुगेर गोजीमा भएको वालेट छाम्दा उनले भेटाएनन्। बसभित्र नै उनको वालेट चोरी भइसकेको थियो।
 
वालेटमा ५ सय नगद सहित २ लाख ५५ हजारको नबिल बैंकको चेक थियो उनीसँग। चोरी भएको उजुरीसहित फुलारा प्रहरी पुगे। बैंकलाई चोरीबारे जानकारी गराए।
 
उनको वालेट चोरी गर्ने भने २५ वर्षिय विशु रोक्का थिए। वालेटमा चेक भेटेपछि उनी आफ्नो भाइको नागरिकता लिएर ललितपुरको कुपण्डोल शाखामा रहेको नबिल बैंक पुगे पैसा झिक्नका लागि।
 
बैंकमा पैसा साट्न आएपछि बैंकले प्रहरीलाई तत्काल खबर गर्‍यो। किनकि फुलाराले बैंकलाई अगाडि नै खबर गरिसकेका थिए। प्रहरी पनि तत्काल बैंक पुग्यो। रोक्काको हातमा पैसा पर्ने अगागै प्रहरीको फन्दामा परिहाले। रोक्का केही वर्षदेखि चोरी कार्यमा संलग्न भएको खुलेको छ।
 
प्रहरीले रोक्का सहित अन्य ३ जना सहयोगीलाई पक्राउ गरेको छ। उनीहरुबाट १० थान विभिन्न खालका मोबाइल पनि बरामद गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell