PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले कोलम्बियालाई हरायो, विश्वकप यात्रा कायमै



पहिलोपोस्ट

मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले कोलम्बियालाई हरायो, विश्वकप यात्रा कायमै

लियोनल मेसीले एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर मिलाएको खेलमा अर्जेन्टिनाले कोलम्वियालाई पराजित गदै विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत १२ औं चरणको खेलमा अर्जेन्टिनाले कोलम्वियालाई ३-० ले हराएको हो। अर्जेन्टिनाको जितमा लियोनल मेसीले प्ररणादायी प्रदर्शन गरे।

खेलको दशौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका मेसीले २३ औं मिनेटमा लुकास प्राटोको लागि गोलको अवसर मिलाइदिए।
८४ औं मिनेटमा एन्जल डि मारियाले पनि मेसीकै पासमा गोल गरेका हुन्।

जितसँगै १२ खेलबाट १९ अंक जोडेको अर्जेन्टिनाले एक स्थान सुधार गर्दै अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ। अर्जेन्टिनासँग हारेको कोलम्विया भने एक स्थान तल झरेको छ। १८ अंक रहेको कोलम्विया छैटौ स्थानमा छ।

सेप्टेम्वर २ मा उरुग्वेलाई हराएयता छनोटमा अर्जेन्टिनाको यो पहिलो जित हो।

त्यसपछि भेनेजुएला र पेरुसँग बराबरी खेलेको अर्जेन्टिना पाराग्वे र ब्राजिलसँग पराजित भएको थियो। 

सन् २०१८ मा रसियामा हुने विश्वकपमा दक्षिण अमेरिकी महादेशबाट छनोटको शीर्ष चार स्थानमा रहने टीम स्वत छानिनेछ भने पाँचौ स्थानमा रहने टीमले प्लेअफ खेल्ने मौका पाउनेछ। 

अर्को खेलमा चिलिले उरुग्वेलाई ३-१ गोलले पराजित गरेको छ। एडिनसन काभानीको गोल मार्फत उरुग्वेले पहिले अग्रता लिएपनि चिलीले उत्कृष्ट कमब्याक गर्यो।

चिलीका लागि एडुवार्डो भर्गासले बराबरी गोल गरे। यस्तै एलेक्सिस सान्चेजले २ गोल गरेपछि चिलीले शानदार जित हासिल गरेको हो।

जितपछि चिलीको १२ खेलबाट २० अंक भएको छ र चौथो स्थानमा उक्लेको छ। हारका बाबजुत पनि २३ अंक रहेको उरुग्वे दोस्रो स्थानमा छ। 

एक खेल कम खेलेको ब्राजिल २४ अंकसहित शीर्ष स्थानमा छ। १२ औं चरणको खेलमा ब्राजिलले पेरुसँग खेल्दैछ। 

यस्तै इक्वेडरले भेनेजुएलालाई ३-० ले पराजित गर्दै तेस्रो स्थानमा यथावत रहन सफल भएको छ। इकवेडरको जितमा अर्टुरो मिना, मिलर बोलानेस र एनर भ्यालेनिसयाले १/१ गोल गरे।

चौथो स्थानमा रहेको चिली समान २० अंक रहेको इक्वेरड गोलअन्तरमा अगाडी रहेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell