PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

​स्पेनको उत्कृष्ट कमब्याक, इन्जुरी टाइममा गोल गर्दै इंगल्याण्डलाई रोक्यो बराबरीमा



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले इंगल्याण्ड विरुद्ध उत्कृष्ट कमब्याक गर्दै बराबरी खेलेको छ।

८९ औं मिनेटसम्म २ गोलले पछि परेको स्पेनले निर्धारित समयको अन्त्यमा र इन्जुरी टाइममा गरी २ गोल फर्काउँदै इंगल्याण्डसँग बराबरी गरेको हो।

स्पेनको लागि ८९ औं मिनेटमा आओगो आसपासले गोल गर्दै गोल अन्तर कम पारेका थिए भने इन्जुरी टाइमको पाँचौं मिनेटमा इस्कोले बराबरी गोल गरेका हुन्। 

यसअघि खेलको नवौं मिनेटमै एडनान लालानाको पेनाल्टी गोल मार्फत इंगल्याण्डलले घरेलु मैदान वेम्वलेमा पहिले अग्रता लिएको थियो। ४९ औं मिनेटमा जेमी भार्डीले गोल गरेपछि इंगल्याण्डले अग्रता दोब्बर पारेको थियो।

जेमी भार्डीले क्लब र देशको लागि गरेर १५ खेलपछि पहिलो गोल गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell