PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

​बुफोनले बराबरी गरे क्यासियासको कीर्तिमान, जर्मनी र इटलीले खेले बराबरी



पहिलोपोस्ट

इटालियन गोलरक्षक जियानलुजी बुफोनले स्पानिस गोलरक्षक इकर क्यासियासको कीर्तिमान बराबरी गरेका छन्। 

बुफोनले कीर्तिमानी खेल खेलेपनि उनको टीम इटली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीसँग बराबरीमा रोकिएको छ।
 
३८ वर्षे बुफोनले पहिलो हाफको ४५ मिनेट खेलेका थिए। यस क्रममा उनले क्यासियसको १६७ औं खेल खेल्ने युरोपेली खेलाडीको कीर्तिमान बराबरी गरेका हुन्।

पहिलो हाफमा बुफोनले केही राम्रो बचाउ समेत गरे। दोस्रो हाफमा बुफोनको स्थानमा एसि मिलानका युवा गोलरक्षक जियानलुजी डोनारुम्बाले पोस्ट सम्हालेका थिए।

इटलीकै घरेलु मैदान स्टाडियो गुइसेप्पे मेज्जामा भएको खेलमा इटली राम्रो प्रदर्शन गरेपनि जर्मनीसँग गोलरहित बराबरीमा रोकियो। खेलमा इटलीले गोल गर्ने केही राम्रा अवसर समेत पाएको थियो तर सदुपयोग गर्न सकेन।

यस्तै मैत्रीपूर्ण खेलमै फ्रान्स आइभरीकोस्टसँग गोलरहित बराबरीमा रोकिएको छ।

क्रोसियाले उत्तरी आयरल्याण्डलाई ३-० ले पराजित गरेको छ। सन् २०१८ को विश्वकप आयोजकल रसियाले रोमानियालाई १-० ले पराजित गरेको छ।
अन्य खेलमा स्वीडेनले हंगेरी तथा युक्रेनले सर्वियालाई समान २-० ले हराएको छ भने चेक रिपव्लिक र डनेमार्कले १-१ तथा अष्ट्रिया र स्लोभाकियाले गोलरहित बराबरी खेलेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell