PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

पैसाको मोहमा हत्या गरेको अभियोगमा दुई जना पक्राउ



पहिलोपोस्ट

लिबाङ (रोल्पा) : इलाका प्रहरी कार्यालय, सुलिचौर रोल्पाले ज्यान मारेको आरोपमा दुई रोल्पाली युवालाई पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा गजुल–२ काभ्राका १८ वर्षीय दीपक सुवेदी र सोही स्थानका २३ वर्षीय जीतबहादुर थापा रहेका छन्।
 
कात्तिक २६ गते मिझिङ–२ कझिङमा गजुल–२ काभ्राका ३४ वर्षीय रेगबहादुर सुवेदीको शव बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
 
पैसाको मोहमा परी उनीहरुले नै सुवेदीको ज्यान लिएको हुनसक्ने इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक शशिधर अधिकारीले बताए।
 
उनका अनुसार ती तीन युवा करिब छ महिना पहिले रोजगारीको लागि सँगै भारतको सिमला पुगेका थिए। कात्तिक २१ गते उनीहरु भारतबाट पुनः सँगै घर फर्किएको र मृतक सुवेदीलाई भालुबाङमै छोडेर आएको भन्ने बयान दिएपछि प्रहरीले थप आशङ्का गरेको थियो।
 
अधिकारीका अनुसार उनीहरुले बाटोमै सुवेदीको हत्या गरी घर गएको हुन सक्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। अभियुक्त दीपक सुवेदीबाट भारु ३० हजार बरामद समेत भएको छ।
 
पक्राउ परेका दीपक सुवेदी र मृतक सुवेदी नाताले एकै परिवारका काका-भतिज भएको बुझिएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell