PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

११औं महानगरीय प्रहरी दिवसमा उत्कृष्ट काम गर्ने प्रहरी सम्मानित



पहिलोपोस्ट

काठमाडौं : ११औं महानगरीय प्रहरी दिवस आज मनाइएको छ।
 
केही एकसाता अघिदेखि विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदै आएको महानगरीय प्रहरीले आज महानगरीय आयुक्तको कार्यलय रानीपोखरीमा विशेष कार्यक्रम गरी दिवश मनाएको हो। कार्यक्रममा वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो।
 
यो वर्ष अपराध अनुसन्धानमा सर्वोत्कृष्ट काम गरेकोमा महानगरीय अपराध  अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनाल उत्कृष्ट अनुसन्धानबाट सम्मानित भएका छन्। खनालले यस वर्ष खेलाडीको म्याच फिक्सिङ, गुन्डे नाइकेको अप्रेसन लगायतका अपराध अनुसन्धानमा उल्लेखनीय काम गरेका थिए।
त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापा पनि उत्कृष्ट कार्यबाट सम्मानित भएका छन्। थापाले दुगड काण्ड, नाइके-डन पक्राउ, कालोबजारी नियन्त्रणमा उत्कृष्ट काम गरेका थिए।
 
कार्यक्रममा सफल कार्यसम्पादन गर्ने अन्य प्रहरी जवानलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमका वक्ताहरुले आगमी दिनमा प्रहरीले गर्ने कार्यसम्पादन थप प्रभावकारी बनाएर लैजाने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell