PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

माइक्रोम्याक्सको क्यू-३९७ बजारमा, साढे १० हजार पर्ने मोबाइलमा केके छन् सुविधा?



पहिलोपोस्ट

माइक्रोम्याक्सको क्यू-३९७ बजारमा, साढे १० हजार पर्ने मोबाइलमा केके छन् सुविधा?

काठमाडौं : भारतीय ब्राण्ड माइक्रोम्याक्सको क्यू-३९७ नेपाली बजारमा ल्याएको छ।
 
एन्ड्रोइड ६.० मार्सम्यालो भएको यो स्मार्टफोनमा १.३ जिएचडी क्वाड कोर प्रोसेसर रहेको छ।
 
१६ जिबी रोम रहेको यो फोनमा ५.५ एचडी आइपिएस डिस्प्ले छ। यो फोनमा २६५० एमएएच ब्याट्री र ८ एमपी हार्इ रिजोलुसन अटोफोकस रियर क्यामेरा छ। यो फोनमा २ एमपी फ्रन्ट क्यामेरा भएकोले सेल्फी खिच्दा राम्रो फोटो आउने कम्पनीको दाबी छ।
 
यो फोनमा ड्युल सिम र थ्रिजी नेटवर्कलार्इ पनि सपोर्ट छ। फोनमा कनेक्टिभिटीका लागि वार्इफार्इ, ब्लुटुथ लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ। यो फोनको मूल्य १० हजार ५ सय ६० रुपैयाँ कम्पनीले तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell