काठमाडौं : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अहिले प्रहरी संगठनलाई बदनाम गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाएका छन्।
११औं महानगरीय प्रहरी दिसवको अवसरमा बुधबार महानगरीय आयुक्तको कार्यालयमा भएको विशेष कार्यक्रममा बौल्दै अर्यालले आफूलाई जोडेर संगठनलाई नै बदनाम हुने काम भइरहेको बताए।
अहिले प्रहरी नियमावली संशोधन गरेर आइजिपी परिर्वतन गर्ने खेल भइरहेको भन्ने विषयमा अर्यालले सञ्चारमाध्यममा आएको कुरा हल्ला मात्र भएको दाबी गरे।
'सामाजिक सञ्जालमा नकारात्मक कुरा भाइरल भइरहेका छन्,' उनले भने, 'कुनै पनि एआइजीहरु आइजिपी परिर्वतनको खेलमा लागेका छैनन्, विश्वास गर्नुहोस्।'
केही दिनअघि मिडियाहरुमा अख्तियारसँग अर्यालको सम्बन्ध तथा उनलाई हटाउन भइरहेको चलखेलबारे समाचारहरु आएका थिए।