PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित



पहिलोपोस्ट

पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित

काठमाडौँ : व्यवस्थापिका संसदको बुधबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ।

नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनमा संसदले शोक प्रस्ताव पारित गरेको हो।

पाण्डेको फोक्सोको क्यान्सरको उपचारका क्रममा ललिपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको थियो।

२०२७ सालबाट राजनीति सुरु गरेका ६३ वर्षका पाण्डे २०५७ सालमा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका थिए। उनी २०७० सालमा नेकपा माओवादी केन्द्रको तर्फबाट रुपन्देहीबाट समानुपातिक सांसद भएका थिए।
 
संसदको अर्को बैठक आउँदो शुक्रबार १ बजे बस्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell