PahiloPost

Mar 17, 2026 | ३ चैत्र २०८२

​'भारतीय रक्सी धेरै पिउँछन्'



पहिलोपोस्ट

​'भारतीय रक्सी धेरै पिउँछन्'

बलिउड नायिका प्रियंका चोपडाले बलिउडका धेरैलाई रक्सीको नशाले नकारात्मक प्रभाव गरेको बताएकी छिन्। उनले अमेरिकन कलाकार एवम् कमेडियन एलेन डिजेनेरेसको टक शो मा रक्सीको प्रभावबारे बताएकी हुन्।

'भारतिय कलाकारहरु रक्सी धेरै पिउँछन्,' उनले भनिन्।

बलिउडका विभिन्न कलाकार एवं फिल्मकर्मीहरुले रक्सीकै कारण फिल्मी करियर देखि पारिवारिक जीवन पनि लथालिङ्ग भएका छन्।

बलिउडकी पुरानी नायिका मिना कुमारीको रक्सीकै कारण स्वास्थ्य बिग्रीएको भनिन्छ। त्यस्तै नायिका मनिसा कोइरालाले पनि रक्सी पिएपछिका विभिन्न स्क्यान्डलहरु बलिउड मिडियामा भाइरल भए। नायक अर्जुन रामपालदेखि निर्देशक महेश भट्टसम्म रक्सी पिएकै कारण आलोचनाको पात्र बने।

एक फिल्म मेकरले भने, 'रक्सीले कलाकार बिगार्नु बलिउडको पुरानो समस्या हो। तर रक्सीले मान्छे बिगार्नु फिल्म क्षेत्रको मात्र नभएर हाम्रो समाजकै ठुलो समस्या हो।'

हलिउड मुभी इमिली ब्लन्ट अभिनित 'द गल अन द ट्रेन'को उदाहरण दिंदै प्रियङ्काले पनि अमेरिकन, ब्रिटिस फिल्महरुमा पनि रक्सीको नशा र त्यसको प्रभावको विषय उठाइएको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell