PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

संविधान संशोधनका विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छलफल



पहिलोपोस्ट

संविधान संशोधनका विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौं : संविधान संशोधनका लागि विपक्षी दलको समर्थन जुटाउन लागिपरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच आज ४५ मिनेट कुराकानी भएको छ।
 
संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो ओली र दाहालबीच कुराकानी भएको हो। दुईबीचको कुराकानी सकारात्मक रहेको प्रधानमन्त्रीले सञ्चारकर्मीलाई जानकारी दिए।
 
मंगलबार मात्रै मधेसी मोर्चा सम्बद्ध संघीय गठबन्धनले प्रधानमन्त्रीलाई भेटी १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता नगरे आन्दोलनको चेतावनी दिइसकेको छ। यसपछि नै प्रधानमन्त्री दाहालले विपक्षी एमाले तथा सत्तासाझेदार कांग्रेसका शीर्ष नेताहरुसँग पनि छलफल बढाएका छन्। रासस, फाइल फोटो 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell