PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

विदेशबाट काँचो सुन ल्याउने २० जना विमानस्थलमा पक्राउ



पहिलोपोस्ट

विदेशबाट काँचो सुन ल्याउने २० जना विमानस्थलमा पक्राउ

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले विदेशबाट काँचो सुन ल्याउने २० जनालाई नियन्त्रणमा लिएको छ। 

विमानस्थल भन्सार कार्यालयका उपनिर्देशक टंकनाथ पौडेलले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक सोधपूछ भइरहेको पहिलोपोस्टलाई बताए। 

विभिन्न देशबाट फर्किने नेपाली यात्रुको लगेज चेकजाँचको क्रममा आज उनीहरुसँग काँचो सुन फेला परेको हो। पौडेलका अनुसार नियन्त्रणमा लिइएका सबैसित ५० ग्राम देखि १५० ग्रामसम्म सुन रहेको छ।

सरकारले गएको साउन १ गतेदेखि विदेशबाट काँचो सुन ल्याउन पूर्ण प्रतिबन्ध लगाएको छ। यसअघि ५० ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन पाइने कानुनी प्रावधान रहेको थियो। अहिले भने ५० ग्रामसम्मको सुनको गहना ल्याउन पाइन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell