PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

​करीनाको इच्छा– सेफ 'कुम्भकर्ण' हो, उनी जस्तो नहोस् मेरो सन्तान



पहिलोपोस्ट

​करीनाको इच्छा– सेफ 'कुम्भकर्ण' हो, उनी जस्तो नहोस् मेरो सन्तान

बलिउड जोडी सेफ अलि खान र करीना कपुरको पहिलो सन्तान यही डिसेम्बरमा जन्मँदैछ। करीनाको चाहना, आफ्नो बच्चा सेफ जस्तो नभए हुन्थ्यो भन्ने छ। नायिका नेहा धुपियाको टक शोमा उनले हुनेवाला सन्तान आफैं जस्तो भए हुन्थ्यो भनेकी हुन्।

कारण खुलाउँदै करीनाले भनिन्, 'म आफूमा केही नराम्रो पक्ष नभएकाले मैले सन्तान आफू जस्तो चाहेकी हुँ।'

उनले सेफको धेरै निदाउने बानी आफूलाई मन नपर्ने पनि खुलाइन्। सेफलाई 'कुम्भकर्ण'सँग दाँज्दै उनले भनिन्,'सेफ दिनमा १८ घण्टासम्म पनि सुत्न सक्छन्।'

करीनाले भनिन्, 'धेरै समयसम्म निदाउनु समयको बर्बादी  हो।'

करीना र सेफको छोरा हुन्छ वा छोरी निश्चित हुनुअघि नै मिडियाले भिडियो एक्सरेले उनीहरुको छोरा हुने बताएको उल्लेख गरेको थियो। फेरि मिडियाले नै सेफ-करीनाको छोरीको नाम 'सेफ्रिना' राख्ने निश्चित भएको लेखेका थिए।

नेहाको टक शोमा बोल्दै करीनाले भनिन्,'मेरो गर्भमा छोरा छ भन्ने अनावश्यक हल्ला मलाई मन परेन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell