PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

मधेसमा दुई प्रदेश सहितका माग सम्बोधन गर्ने गरी संविधान संशोधनको तयारी : अध्यक्ष राणा



पहिलोपोस्ट

मधेसमा दुई प्रदेश सहितका माग सम्बोधन गर्ने गरी संविधान संशोधनको तयारी : अध्यक्ष राणा

नगरकोट (भक्तपुर) : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले मधेसमा दुई प्रदेशसहित विभिन्न मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेको बताएका छन्।
 
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष जबराले अङ्गीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबाहेक अन्य महत्वपूर्ण पदमा जान सक्ने गरी संविधान संशोधनको तयारी भइरहेको जानकारी दिए।
 
नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेन्डासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच छिटै पार्टी एकीकरण हुने उनले बताएका छ्न्।
 
आफू निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा निर्देशन समितिको निर्णय कार्यान्वयन गर्ने अध्यक्ष बन्ने गरी पदीय बाँडफाँडसमेत मिलिसकेको जानकारी गराए।
 
अध्यक्ष जबराले पुरानै संरचनाअनुरुप स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै स्थानीय निकायको निर्वाचनपछि मात्र स्थानीय तहको पुनःसंरचना गर्नुपर्नेमा जोड दिएका छन्।
 
यसअघि आजै दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठक बसेको थियो। पार्टी एकीकरणका लागि मङ्सिर ६ गते गरिने घोषणा सभालाई व्यवस्थित र मर्यादित बनाउने विषयमा बैठकले निर्णय गरेको छ।
 
धुम्बाराहीस्थित राप्रपा नेपालको कार्यालयमा बसेको बैठकले दुवै पार्टीबाट १२/१२ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसम्पादन समिति तथा १५०/१५० प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसमिति बनाउने निर्णय समते गरेको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

एकीकरणपछि पार्टीको राष्ट्रिय अध्यक्ष पशुपति शमशेर जबरा हुनेछन्। त्यस्तै कमल थापा कार्यकारी अध्यक्ष बन्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell