PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

'दर्पणछायाँ २' आउँदै, होइन 'दर्पणछायाँ १' को सिक्वेल



पहिलोपोस्ट

'दर्पणछायाँ २' आउँदै, होइन 'दर्पणछायाँ १' को सिक्वेल

काठमाडौं : सन् २००१ मा सार्वजनिक फिल्म 'दर्पणछायाँ'नेपाली रजतपटको टर्निङपोइन्ट बन्न पुग्यो।

आजसम्म पनि दर्शकको स्मरणमा रहेको सो फिल्मको नाममा अर्को फिल्म सार्वजनिक हुँदैछ 'दर्पणछायाँ २'। फिल्म यही फागुन २७ गतेबाट सार्वजनिक हुने घोषणा भएको छ।

फिल्म फ्लोरमा जानु अघि निर्माण युनिटले दर्पणछायाँको सिक्वेल भन्दै चर्चा गर्‍यो। तर पहिलोपोस्टसँगको कुराकानीमा दर्पणछायाँ एक र दुई दुबैको निर्देशक रहेका तुलसी घिमिरेले भनेका थिए,'पुरानो फिल्मको कथा निरन्तर नभए पनि कही कतै जोडिन्छ।'

फिल्मको रिलिज डेट घोषणासँगै उनले फिल्म दर्पणछायाँ एकको सिक्वेल होईन भने। त्यसरी प्रचार नगर्न जानकारी दिए।
दर्पणछायाँ दुईमा दर्पणछायाँका अभिनेता उत्तम प्रधान अतिथी कलाकारको रुपमा देखिंदैछन्।

पहिलोपोस्टसँगा घिमिरेले भने,'कथा नजोडिए पनि फिल्मको नामलेनै महत्व राख्छ। दर्पणछायाँ धेरैले रुचाए। नामकै कारण दर्पणछायाँ-२ आउनु त दर्शकका लागि पनि खुसीको कुरा हो नि।'

दर्पणछायाँ दुईमा पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाईं मुख्य भूमिकामा छन्।

डा. लोपसाङ लामाले प्रस्तुत गर्न लागेको फिल्मलाई सबु गडाल कार्की र रबि कार्की निर्माण गरेका हुन्।

फिल्मको टिजर र टाइटल गीत पनि सार्वजनिक भइसकेको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell