PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

संसदको बैठक अब दिउँसो १ बजे अघि नबस्ने, यसकारण सभामुखले लिइन् यस्तो निर्णय



पहिलोपोस्ट

संसदको बैठक अब दिउँसो १ बजे अघि नबस्ने, यसकारण सभामुखले लिइन् यस्तो निर्णय

काठमाडौँ : बुधबार शोक प्रस्ताव पारित गरेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक शुक्रबारसम्मका लागि स्थगित गरिन्। अनि समय तोकिन् दिउँसो १ बजे।

सभामुख निर्वाचित भएयता नियमित जसो बिहान ११ बजे बस्दै आएको संसद बैठक घर्तीले बुधबारबाट १ बजेका लागि डाकेकी हुन्।
 
मंगलबार सभामुख ओनसरी घर्तीले संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकहरुसँग छलफल गरेपछि संसद बैठकको समय हेरफेर गरेकी हुन्।
 

संसदमा विभिन्न एघारवटा विषयगत समिति रहेका छन्। अधिकांश समितिको बैठक बिहान बस्ने गरेको छ। तर कतिपय समितिको बैठक लम्बने र उपसमितिहरु दिउँसो बस्ने गर्दा संसदमा उपस्थिति कम भई कोरमको प्रश्न उठ्ने गरेका छन्। संसदमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्न कम्तिमा एक चौथाई सांसद उपस्थित हुनुपर्छ। 

सभामुख घर्तीले दलहरुको सल्लाहमा अबदेखि संसद बैठक दिउँसो १ बजेपछि र समितिको बैठक १ बजे अगाडि गर्ने निर्णय लिएकी हुन्।

 
निर्वाचन कानुनमा पनि चासो

निर्वाचन सम्बन्धी कानुनहरु संसदबाट छिटो पास गर्ने प्रक्रिया अगाडि बढाइदिन सरकारले सभामुखसँग आग्रह गरेको थियो। आग्रह अनुसार नै सभामुखले समितिहरुलाई छलफलका लागि बिहानको समय उपलब्ध गराएकी हुन्।

नेपाली कांग्रेसका सचेतक चीनकाजी श्रेष्ठका अनुसार दलहरुबीच संविधान कार्यान्वयन र निर्वाचन सम्बन्धी कानुनहरुको छलफल तत्काल गरेर विधेयक टुङ्गो लगाउने सहमति भएको छ।

सभाभुख घर्तीले पनि संविधान कार्यान्वयनका विधेयकमा आफूले १८ घण्टा समितिका सभापतिहरुलाई आग्रह गरेको ट्विट गरेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell