PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

अस्ट्रेलियाका महिलाको कमाइ पुरुषको भन्दा २३ प्रतिशत कम



पहिलोपोस्ट

अस्ट्रेलियाका महिलाको कमाइ पुरुषको भन्दा २३ प्रतिशत कम

क्यानवेर्रा : अस्ट्रेलियाका महिलाले औसतमा पुरुषले भन्दा २३ प्रतिशत कम कमाइ गर्ने गरेको एक अध्ययनले देखाएको छ। 

अस्ट्रेलियाको लैङ्गिक समानता सम्बन्धी एक संस्थाले गरेको अध्ययनका अनुसार सन् २०१६ को आर्थिक वर्ष सकिन लागेको यस समयसम्म पनि महिलाले औसत कमाइ पुरुषको भन्दा २० हजार डलर कम छ।

करिब १२ हजार अस्ट्रेलियाली रोजगारदाता र ४० लाख कामदारहरुमा गरिएको अध्ययनले यस्तो देखाएको सो संस्थाले जनाएको छ। 

लैङ्गिक समानता सम्बन्धी संस्थाका निर्देशक लिब्बी लिओनस्ले 'पूर्वाग्रह र विभेद'का कारण महिला र पुरुषको आम्दानीमा अन्तर परेको बताए। उनका अनुसार अघिल्ला वर्षहरुको भन्दा यस वर्ष आम्दानीको अन्तर भने धेरै घटेको छ। यस बर्ष १.६ प्रतिशत घटेको उनले जानकारी दिए।

अस्ट्रेलियन ब्रोडकाष्टिङ कर्पोरेसन (एबिसी) सँग निर्देशक लिब्बीले भने, 'समानतामा पुग्न हामी अझ धेरै हिँड्न बाँकी छ।'रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell