.jpg)
काठमाडौं : पहिलोपटक महादेशीय स्तरको प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधि जितेर स्वदेश फर्कँदै गरेको नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले नगर परिक्रमा गराउने भएको छ।
मलेसियाबाट नेपाली टोली आज राति ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछ।
र्याली विमानस्थलबाट गौशाला हुँदै बत्तीसपुतली-मैतीदेवी-पुतलीसडक-घण्टाघर-सहिदगेट-न्युरोड-दरबारमार्ग-त्रिपुरेश्वर-थापाथली-कुपण्डोल-पुल्चोक-मंगल बजार-ग्वार्को हुँदै एन्फा कम्प्लेक्समा गएर टुङ्गिनेछ।