PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

कङ्गोमा सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारको गोली हानी हत्या



पहिलोपोस्ट

किन्सासा (कङ्गो) : कङ्गोका एक सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारमाथि गोली हानी हत्या गरिएको नेशनल प्रेस युनियनले जनाएको छ।
 
कङ्गोली राष्ट्रिय रेडियो तथा टेलिभिजनका पत्रकार मार्सेल लुवालालाई सोमबार राति सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको बताउँदै युनियनका प्रमुख जोसेफ वाडकार्ड कासोङ्गा सिलुङ्डेले घटनाको घोर निन्दा गरेका छन्।
 
प्रहरीले रात्रिकालीन गस्ती गरिरहेका बेला पत्रकारको हत्या हुनुले आफू चिन्तित भएको सिलुङ्गेले बताए।
 
बुझीमाई सहरमा भएको उक्त घटना सहरमा कर्फ्यु लगाइएको बेला भएको थियो। पूर्वी कसाई प्रान्तका गभर्नरको निकट स्रोत अनुसार घटनामा प्रहरीको संलग्नता रहेको हुन सक्ने भन्दै घटनाको निष्पक्ष छानबिनका लागि युनियनले आग्रह गरेको छ।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell