PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

प्रेमिका हत्याका आरोपी १२ वर्षपछि पक्राउ



पहिलोपोस्ट

पाँचथर : पाँचथरमा एक महिलाको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फलैंचा–७ का मोहन भनिने विकास राई रहेका छन्।
 
२०६१ भदौ १८ गते सोही स्थान बस्ने २० वर्षीया मनिषा बेघाको टाउकोमा चोट लागेको अवस्थामा फलैंचाकै सिंहदेवी जङ्गलमा शव फेला परेको थियो।
 
प्रहरीका अनुसार मृतक मनिषाको शव फेला पर्नुअघि २०६१ भदौ ८ गते मनिषा र विकासबीच प्रेम सम्बन्धलाई लिएर गाउँमा चर्चा चलेको थियो ।
 
अहिले निज विकासलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell