PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

लखन थापा, योगमाया लगायतको चित्रांकित ८ वटा हुलाक टिकटमा टाँचा



पहिलोपोस्ट

लखन थापा, योगमाया लगायतको चित्रांकित ८ वटा हुलाक टिकटमा टाँचा

काठमाडौँ : हुलाक सेवा विभागले प्रकाशनमा ल्याएको आठ वटा हुलाक टिकटमा टाँचा लगाएको छ।
 
सहिद लखन थापा, समाज सुधारक योगमाया न्यौपाने, प्रजातान्त्रिक योद्धा महेन्द्रनारायण निधि, रुपन्देहीको पर्रोहा परमेश्वर ज्योर्तिलिङ्ग बोलबम धाम, सिन्धुलीको कुशेश्वर महादेव, काठमाडौँस्थित चन्दन भराटेश्वर महादेव, चन्द्रगिरिस्थित मत्स्यनारायण मन्दिर र भोजपुरको सिद्धकाली मन्दिरको टिकटमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बुधबार टाँचा लगाए।
 
नेपालमा अधिकांश संस्कृतिका विषयमा वस्तुपरक इतिहास नभएको उल्लेख गर्दै सो अवसरमा मन्त्री कार्कीले रीतिरिवाज, चालचलनको सबैभन्दा उच्च रुप नै संस्कृति भएको बताए। 'हिन्दु धर्म मान्नेले अन्य धर्मलाई पनि त्यत्तिकै सम्मान गर्नुपर्छ र सबै भाषा, जाति नेपालीको शक्ति हो,' उनले भने।
 
सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाले अहिलेसम्म एक हजार १७३ हुलाक टिकटमा टाँचा लगाइएको जानकारी दिएका छन्।
 
सो कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारी, नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष शङ्कर श्रेष्ठ लगायतले सांस्कृतिक सम्पदा र विशिष्ट व्यक्तिको सम्मानका लागि हुलाक टिकट प्रकाशनमा आएको बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell