PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

एसओएस बालग्रामबाटै बेपत्ता भए पाँच बालक, चार दिनदेखि सम्पर्कविहीन



पहिलोपोस्ट

इटहरी : एसओएस बालग्रामको भिलेजमा बसोबास गर्दै आएका पाँच बालक चार दिनदेखि सम्पर्कविहीन बन्न पुगेका छन्। 

१५ वर्षीय दीपक बस्नेत, देव खत्री, १३ वर्षीय सन्त बस्नेत, सबिन बस्नेत र सन्देश थापा क्षेत्री भिलेजको पछिल्लो भागबाट पर्खाल नाघेर सम्पर्कबाहिर भएका हुन्। 

कात्तिक २८ गते दिउँसो बालग्राम भिलेजको पर्खाल नाघेर बाहिरिएका ती बालक बाहिरिनासाथ तत्काल खोजतलास जारी राखिएको निर्देशक गोविन्द मास्केले जानकारी दिए। प्रहरीलाई समेत खबर गरिएको पनि उनले बताएका छन्।

सम्भवतः बालग्राम आसपासकै क्षेत्रमा र आफन्तको घरमा गएको अनुमान गरी ती सम्भावित स्थानमा व्यापकरुपमा खोजतलास जारी गरिएको पनि उनको भनाइ छ।

ती सबै बालक अभिभावक नभएका र कोही कारागारमा जेल सजायमा रहेका कैदीबन्दीका छोरा रहेको रामधुनीभासी नगरपालिका–४ का रेवन्त सिंहले बताए। सम्पर्कविहीन भएकामध्ये इटहरी—४ का सबिन बस्नेतका बाबुले आमाको हत्या गरेपछि उनी संरक्षणका लागि बालग्राम भिलेजमा रहँदै आएका थिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell