PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

संविधान संशोधनका विषयमा प्रमुख दलबीच छलफल, सहमतिका साथ अघि बढ्ने संकेत



पहिलोपोस्ट

संविधान संशोधनका विषयमा प्रमुख दलबीच छलफल, सहमतिका साथ अघि बढ्ने संकेत

काठमाडौं : संविधान संशोधनका विषयमा तीन प्रमुख दल सहमतिका साथ अघि बढ्ने सकारात्मक संकेत देखापरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिमै संशोधन प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले सीमाकंन, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्व गरी तीन विषय उठाएका थिए। यसमा कांग्रेससहित प्रमुख विपक्षी पार्टी एमालेबाट सकारात्मक धारणा आएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए।

छलफलमा एमाले अध्यक्ष ओलीले पनि सहमतिका साथ बढ्ने विश्वास व्यक्त गरेका थिए। हिजोमात्रै सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच छलफल भएको थियो।

मधेसी मोर्चा सम्बद्ध संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्रीलाई भेटी १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता नगरे आन्दोलनको चेतावनी दिएपछि उनी सहमति जुटाउन व्यस्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell