PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

मिर्गौलापीडित भूपिनलाई बचाउन अभियान



पहिलोपोस्ट

काँकडभिट्टा (झापा) : दुवै मिर्गौला खराब भएका झापा शनिअर्जुन–२ का ३६ वर्षीय भूपिन राईको उपचारमा आर्थिक अभाव भएको छ।
 
जग्गाको नाममा एक धुर घडेरी पनि नभएका र पेन्टिङ मजदुरी गरी परिवारको पालनपोषण गर्दै आएका भूपिनको दुवै मृर्गौला खराब भएपछि उपचारमा आर्थिक अभाव भएको हो।
 
तीन महिनाअघि मात्र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भूपिनका दुवै मिर्गौला खराब भएको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। उनलाई चिकित्सकले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको दाजु दिपीन राईले बताए।
 
उनको उपचारमा हालसम्ममा पारिवारिक सहयोगमा ६ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। डाक्टरले मिर्गौला प्रत्यारोपण गर्न १८ देखि २० लाख रुपैयाँ लाग्ने बताएपछि आर्थिक सहयोग जुटाउन लागिपरेको पीडितका दाइ दिपीनको भनाइ छ।
 
प्रभु बैंकको खाता नम्बर ०१५११६००८३५१७८०००००१ मा सहयोग गर्न पनि उनले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell