PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

मेकअप बिना देखिँदै हलिउड नायिका नाओमी वाट्स



पहिलोपोस्ट

मेकअप बिना देखिँदै हलिउड नायिका नाओमी वाट्स

'किङ कङ' फिल्ममा देखिएकी हलिउड नायिका नाओमी वाट्स सानो बजेटको फिल्ममा देखिने भएकी छिन्। उनले सस्पेन्स फिल्म भनिएको 'सट इन'मा अभिनय गर्न लागेकी हुन्।
 
उपन्यासमा आधारित फिल्ममा वाट्सले म्यारीको भूमिका निर्वाह गर्दैंछिन्। फिल्मको कथा अमेरिकाको एउटा गाउँमा रहेकी मनोवैज्ञानिक हुन्छिन् म्यारी। उनी आफ्नो सौताको छोराको देखभाल गरेर जीवन बिताइरहेकी हुन्छिन्। जो दुर्घटनामा परेर अपाङ्ग भएका हुन्छन्।

म्यारीलाई एक दिन अचानक घरमा आमा छोराबाहेक कोही भएको शङ्का हुन्छ।
 
को हुन्छ घरमा रहेको अर्को मान्छे? कोही दुश्मन वा भूत? यही विषयको सस्पेन्स खोल्दै फिल्मको काहानी अगाडि बढ्छ।

फिल्मलाई फरेन ब्लैकबर्नले निर्देशन गरेका छन्। उनले यसअघि बिबिसीको लागि 'डाक्टर हु' नामक सिरिज बनाएका थिए।
फिल्ममा नाओमी मेकअप बिनानै देखिंदैछिन्।

भारतमा 'ए' सर्टिफिकेट प्राप्त फिल्ममा केहि दृश्य वयस्कहरुले पनि अस्विकार गर्न सक्ने बिबिसी हिन्दीले जनाएको छ। त्यसका कारण फिल्म बालबालिकालाई देखाउन मनाही गरिएको छ।
 
भारतमा ह्यारी पोटरको सिरिज फिल्म 'फ्यान्टास्टिक बीस्ट एण्डा व्हेर टू फाइन्ड देम'सँगै रिलिज गर्न लागिएको छ।

नेपालका लागि भने प्रदर्शन तय भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell