PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

तीन करोडको 'जात्रा'ले करोड कमायो



पहिलोपोस्ट

तीन करोडको 'जात्रा'ले करोड कमायो

काठमाडौं: फिल्म रिलिज भएलगत्तै लगानी उठाएको हल्ला मच्चाएको फिल्म 'जात्रा'ले पनि करोड क्लबमा नाम लेखाएको छ। प्रर्दशनमा आएको छ दिनमा फिल्म करोड क्लबमा प्रवेश गरेको हो।
 
जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिए। उनले भने,'फिल्मले राम्रो कमाइ त गरेकै छ साथै मल्टिप्लेक्स हलहरुमा शो पनि थपिएको छ।' थपिएका शोहरुमा पनि दर्शकको गतिलो उपस्थिति रहेको कार्यकारी निर्माता एवं कलाकार रविन्द्र सिंह बानीयाँको दाबी छ।
 
फिल्ममा बैंकबाट लुटिएको तीन करोड तीन व्यापारीले भेटेपछि सिर्जना हुने अवस्थाअलाई देखाइएको छ।
 
दोस्रो सातामा टेक्नुअघि शो बढाएको फिल्मले समीक्षकहरुबाट पनि राम्रो प्रतिक्रिया कमाएको छ। मह सञ्चारमा लामो समय काम गरेका निर्देशक प्रदीप भट्टराईले फिल्म निर्देशन गरेका हुन्।
 
फिल्ममा विपीन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानीयाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्य लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell