PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

​विश्वकप छनोट : अमेरिकाको लगातार दोस्रो हार, कोस्टारिकासँग ४-० ले पराजित



पहिलोपोस्ट

​विश्वकप छनोट : अमेरिकाको लगातार दोस्रो हार, कोस्टारिकासँग ४-० ले पराजित

सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल अन्तर्गत अन्तिम चरणको उत्तर अमेरिकी छनोटमा अमेरिकाले लगातार दोस्रो हार बेहोरेको छ।

गएराति भएको खेलमा अमेरिका कोस्टारिकासँग ४-० गोल अन्तरले पराजित भएको हो। कोस्टारिकाको जितमा जोल क्याम्पबेलले २ तथा जोहन भेनेगास र क्रिस्टियन बोलानेसले १/१ गोल गरे।

अमेरिकाले विश्व कप छनोटको एकै खेलमा ४ गोल बेहोरेको यो सन् १९६८ यता पहिलो पटक हो। त्यति बेला अमेरिका क्यानडासँग ४-२ ले पराजित भएको थियो।

६ टीम सम्मिलित अन्तिम चरणको छनोटमा दोस्रो हारसँगै अंकविहिन रहेको अमेरिका अंक तालिकामा पुछारमा छ।

यता लगातार दोस्रो जित हात पारेको कोस्टारिका ६ अंकसहित शीर्ष स्थानमा छ। कोस्टारिकाले पहिलो खेलमा ट्रिनिडाड एण्ड टोवागोलाई पराजित गरेको थियो।

पहिलो खेलमा अमेरिकालाई पराजित गरेको मेक्सिको दोस्रो खेलमा पनामासँग गोलरहित बराबरीमा रोकिएको छ।

पनामासँग पहिलो खेलमा हारेको होण्डुरसले भने टोवागोलाई पराजित गर्दै ३ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell