PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

'ए मेरो हजुर २' की निर्देशक झरना थापा भन्छिन्- 'धेरै कथा नमिले पनि सिक्वेल नै हो'



पहिलोपोस्ट

'ए मेरो हजुर २' की निर्देशक झरना थापा भन्छिन्- 'धेरै कथा नमिले पनि सिक्वेल नै हो'

काठमाडौं : फिल्म ‘ए मेरो हजुर २’ चैत १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्मको छायांकन सकिएको र चैतसम्ममा प्रदर्शनमा आउने निर्माता सुनिलकुमार थापाले जानकारी दिए।
 
फिल्म युनिट माघको पहिलो सातादेखि तीव्र प्रचारमा लाग्ने निर्माता थापाले बताए।
 
अभिनेत्री झरना थापाको डेब्यु निर्देशन रहेको फिल्मलाई काठमाडौं, पोखरा र मनाङमा खिचिएको छ। ५५ दिनमा सम्पूर्ण छायांकन सकेर पोस्ट प्रोडक्सनको काम भइरहेको छ।
 
शिव रेग्मीको निर्देशन तथा श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाको मुख्य भूमिका रहेको ‘ए मेरो हजुर’को सिक्वेल फिल्ममा नायिका साम्राज्ञी शाह र सलिनमान बानियाँको मुख्य भूमिका छ।
 
फिल्म निर्देशनमा पहिलो पटक हात हालेकी झरना भन्छिन्, 'प्रेम कथाको राम्रो प्रतीक बनेको फिल्म हो, ए मेरो हजुर। त्यसैले मेरो फिल्मको प्रेम कथालाई पनि त्यही नाम दिन चाहेँ। पूरै कथा नमिले पनि यो सिक्वेलकै रुपमा आउनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell