PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

कंगना-ऋतिकबीचको साइबर क्राइम स्क्यान्डल अब साम्य



पहिलोपोस्ट

कंगना-ऋतिकबीचको साइबर क्राइम स्क्यान्डल अब साम्य

बलिउडमा यो वर्ष तहल्का मचाएको नायिका कंगना रानौट र ऋतिक रोशनबीचको विवाद अब साम्य हुने भएको छ। साइबर क्राइमसँग जोडिएको दुईबीचको विवादलाई मुम्बई पुलिसले 'निल रिपोर्ट' घोषणा गरेको छ।
 
मुम्बई मिररले जनाएअनुसार, ऋतिकको नामबाट कंगनालाई गएको मेल कसले पठाएको निश्चित नभएपछि स्क्यान्डललाई 'निल' भनिएको हो।
 
कमिश्नर सञ्जय सक्सेनाले भने, 'आरोपित इमेल आइडीमा केही पनि देखिएन। त्यो आइडीको सर्भर अमेरिकामा भएकाले कसले प्रयोग गरेको हो भन्ने पनि थाहा पाउन गाह्रो छ।'
 
कुनै पनि तथ्य वा प्रमाण जुटाउन नसकेकाले निल रिपोर्ट गरेको उनले जानकारी दिए।
 
सिनियर पुलिस अफिसरले यो केसको मिति नै गुज्रिसकेको बताएका छन्। अमेरिकाबाट प्रयोग गरिएको सर्भरबाट केही डाटा निकाल्न सके मात्र केस अघि बढ्ने सम्भावना थियो।
 
कंगनाले ऋतिकको इमेलबाट 'रोमान्टिक मेसेज' आएको केसलाई कानुनी रुपमा अघि बढाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell