PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

चैनपुर-ताक्लाकोट नाका खोल्नेबारे चीनसँग कुरा गर्छु : प्रधानमन्त्री



पहिलोपोस्ट

चैनपुर-ताक्लाकोट नाका खोल्नेबारे चीनसँग कुरा गर्छु : प्रधानमन्त्री

काठमाडौं : बझाङबाट आएको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी जिल्लाको विकास निर्माण र जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको छ ।
 
बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सर्वदलीय टोलीले डढुवा रोगका कारण जिल्लाका अधिकांश स्थानको खाद्यान्न उत्पादनमा ह्रास आएको भन्दै कामका लागि खाद्यान्न कार्यक्रममा बझाङ जिल्ला पनि समावेश गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। टोलीले जिल्ला दैवी प्रकोप कोषमा रकमको अभावले तत्काल उत्पन्न हुने समस्या सम्बोधन गर्न नसकिएको भन्दै केन्द्रीय दैवी प्रकोप समितिबाट थप बजेटको व्यवस्था गरी दिन पनि प्रधानमन्त्रीसामु आग्रह गरेको छ।
 
प्रतिनिधि मण्डलले उठाएका माग जायज र संवेदनशील रहेको भन्दै  प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर यसबारे छलफल गर्ने र चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीन सरकारसँग कुरा गर्ने प्रतिबद्धता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell