PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

प्रधानसेनापति र बंगलादेशी राष्ट्रपतिबीच भेट



पहिलोपोस्ट

काठमाडौँ : प्रधान सेनापति राजेन्द्र क्षत्रीले बङ्लादेशका राष्ट्रपति अब्दुल हमिदसँग शिष्टाचार भेट गरेका छन्।

बङ्गलादेशको राजधानी ढाकामा भएको भेटमा नेपाल र बङ्लादेशको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा कुरा भएको थियो। सो भेटमा प्रधानसेनापति क्षत्रीले नेपालमा गतवर्ष आएको विनाशकारी भूकम्पपछि बंगलादेश सरकारले गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए। सो अवसरमा राष्ट्रपति हमिदले पनि नेपालको पुनर्निर्माणमा चासो राखेका छन्।

प्रधानसेनापति बंगलादेशका सेना प्रमुख अबु बेलाल मुहम्मद शफिउल हुकको निमन्त्रणामा कात्तिक ३० देखि मंसिर ५ सम्मको औपचारिक भ्रमणमा छन्। उनले बंगलादेशी सेनाका उच्च अधिकारीहरुसँग पनि भेट गरेका छन्। उनी मंसिर ५ गते  नेपाल फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell