PahiloPost

May 15, 2025 | २ जेठ २०८२

एआइजीमा बढुवा चार जनालाई आजदेखि जिम्मेवारी



पहिलोपोस्ट

एआइजीमा बढुवा चार जनालाई आजदेखि जिम्मेवारी

काठमाडौं : सात महिनाअघि अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा भएका चार जनालाई आजदेखि जिम्मेवारी सुम्पिएको छ। 

सर्वोच्व अदालतको आदेशमा बढुवा भएका यादव अधिकारी, परशुराम खत्री, विश्वराज शाही र सुशीलवरसिंह थापालाई पदीय जिम्मेवारी दिइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी हेमन्त मल्ल ठकुरीले पहिलोपोस्टलाई जानकारी दिए। 

यादव अधिकारी अन्वेषण योजना निर्देशनालयको प्रशासनिक नियन्त्रण तथा रेखदेख शाखामा, विश्वराज शाही कम्प्युटर र प्राविधिक निर्देशनालयको प्रशासनिक तथा रेखदेखमा, परशुराम खत्री प्रशासन प्रहरी संग्रहालय नेपाल प्रहरी अस्पताल प्राविधिक रेखदेख तथा नियन्त्रणमा र सुशीलवरसिह थापालाई महिला बालबालिका सेवा निर्देशानलयको प्रशासनिक नियन्त्रण र रेखदेखमा खटाइएको छ। 

तीन वर्षअघि एआइजीमा बढुवा विवादमा तानिएका प्रहरी चारै जना नायव महानिरीक्षक (डिआइजी) सर्वोच्चमा रिट लिएर गएका थिए। तत्कालीन सुशील कोइराला नेतृत्वको सरकाले चारै जनालाई एआइजीको कोटा बढाएर बढुवा गरेको थियो। बढुवा भएका चार जनाले गृह मन्त्रालयमा हाजिर गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell