PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

५ सय र हजार दरका भारु सटहीको व्यवस्था गर्न अर्थसमितिले दियो सरकारलार्इ निर्देशन



पहिलोपोस्ट

५ सय र हजार दरका भारु सटहीको व्यवस्था गर्न अर्थसमितिले दियो सरकारलार्इ निर्देशन

काठमाडौं : व्यवस्थापिका संसदको अर्थसमितिले नेपालीसँग रहेको पाँच सय र हजार दरका भारु सटहीको व्यवस्था गर्न सरकारलार्इ निर्देशन दिएको छ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले नेपाली जनतासँग रहेको वैध भारु सटहीका लागि चाँडो पहल गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकलार्इ निर्देशन दिएको हो। भारतले कालोधन र जालीनोट नियन्त्रणका लागि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाएको थियो।

यो प्रतिबन्धपछि नेपालमा रहेको पाँच सय र हजारको नोट सटही अन्यौलमा परेको छ। भारतीय पक्षले अहिलेसम्म नेपालमा रहेको भारु सटहीको लागि कुनै निर्णय गरेका छैनन्। नेपालले कूटनीतिक पहल गरेपछि बुधबार भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) को नेतृत्वमा वित्त मन्त्रालयको टोलीसहितको समूह बनाएको छ।
 
समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारुको व्यवस्थापन गर्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिएको बताए।

बैठकमा सहभागी सांसदले सीमा क्षेत्रका जनताको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले अर्थमन्त्रालय र राष्ट्र बैंकले विशेष पहल गरेर नेपालीसँग रहेको पाँच सय र हजारको नोट सटहीका लागि तत्कालै पहल गर्नुपर्ने बताएका थिए।
 
राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपाली जनतासँग भएका उक्त दरका भारु व्यवस्थापनका लागि भारतीय रिजर्ब बैंकसँग निरन्तर सम्पर्कमा रहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell