काठमाडौँ : ग्यास सिलिन्डर पड्किँदा काठमाडौंमा एक दम्पती घाइते भएका छन्।
ग्यास चुलो बाल्ने क्रममा सिलिन्डर पड्किँदा आज काठमाडौँ महानगरपालिका–२२ टेबहाल बस्ने ४० वर्षीय बाबुराजा महर्जन र उनकी ३८ वर्षीया श्रीमती शोभा घाइते भएका हुन्।
सिलिन्डरबाट ग्यास लिक हुँदा सो दुर्घटना भएको हो। जलेर घाइते भएका दुवैलाई उपचारका लागि वीर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।