PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

​साफ वुमन्स च्याम्पियनसिपको ड्र सार्वजनिक, कुन कुन टीम छन् नेपालको समूहमा ?



पहिलोपोस्ट

काठमाडौं : आगामी डिसेम्वरबाट भारतमा हुने चौथो संस्करणको साफ वुमन्स च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ। 

बंगलादेशमा विहिबार घोषणा गरिएको ड्र अनुसार नेपाल समूह ए मा परेको छ। समूह ए मा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन्। यस्तै समूह बी मा भारत, बंगलादेश र अफगानिस्तान छन्।

नेपालले समूहको पहिलो खेलमा डिसेम्वर २६ मा भुटानसँग खेल्नेछ। नेपालले दोस्रो खेल डिसेम्बर २८ मा माल्दिभ्ससँग र तेस्रो खेलमा डिसेम्वर ३० मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। 

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ।

च्याम्पियन्ससिप डिसेम्वर २६ देखि २०१८ जनवरी ४ सम्म भारतको सिलगुरीस्थित कन्चनजंगा स्टेडियममा हुनेछ।

यसअघि भएका तीन वटै संस्करणमा नेपाल फाइनलमा पुगेपनि तिन संस्करणमा भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell