PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

ब्रुनाई पठाउँछु भन्दै युवाहरुबाट एक करोड ३० लाख ठग्ने अर्याल पक्राउ



पहिलोपोस्ट

काठमाडौं : प्रहरीले इलान इन्टरनेशनल मेनपावरका सञ्चालक धनश्याम अर्याललाई पक्राउ गरेको छ।
 
गुल्मी सिमीचौर घर भई हाल काठमाडौं नयाँबानेश्वर स्थित मेनपावर सञ्चालन गर्दै आएका अर्याललाई ठगीको आरोधमा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो। अर्यालले आफ्नै मेनपवारबाट ३० जनाभन्दा बढी युवालाई ब्रुनाई पठाइदिने भन्दै नक्कली डिमान्ड लेटर र भिसा देखाएर ठगी गरेका थिए। १ करोड ३० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अर्यालले अरु युवालाई पनि ठगी गरेको हुन सक्ने भएकाले पक्राउपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell