PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

फ्राइडे रिलिज : जात्रासँग जुध्न आइपुगे तीन फिल्म, बलिउडका फोर्स टु र तुम बिन टु पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज : जात्रासँग जुध्न आइपुगे तीन फिल्म, बलिउडका फोर्स टु र तुम बिन टु पर्दामा

काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत यो साता नेपाली फिल्म 'छायाँ', 'द फेमस' र 'पुरानो पुस्ता' प्रदर्शनमा आएका छन्।  गत साता सार्वजनिक जात्राले शो बढाइरहेको अवस्थाबीच यी तीन फिल्म प्रतिस्पर्धामा उत्रिएका हुन्। 

मनोज पण्डित निर्देशित फिल्म छायाँमा बाल यौन दुर्व्यवहार र बाल मनोविज्ञानमा पर्ने असरलाई देखाउन खोजिएको छ। फिल्ममा साइव्रत आचार्य, अनुप बराल, अरुणा कार्की लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन्। फिल्मले मल्टिप्लेक्स र सिंगल थियटरमा हल पाएको छ।

कृष्ण थापाको निर्माण रहेको फिल्म पोखरामा छायांकन गरिएको हो। फिल्मले गत साता प्रिमियर शो गरेको थियो। 

तीन पटक रिलिज डेट सारेको द फेमस पनि आजैबाट पर्दामा आएको छ। समिर बलामी निर्देशित फिल्म प्रेम कथामा आधारित छ। सबै गीतमा एनिमेशनको प्रयोग गरिएको निर्माण पक्षको दाबी छ।

डबल लभस्टोरी कथा बोल्ने द फेमस अनिल महर्जनले निर्माण गरेका हुन्। फिल्ममा सबिना कार्की, रश्मि भट्ट, प्रमोद खड्का लगायत कलाकारको मुख्य भूमिका छ। 

त्यस्तै सय वर्ष पुरानो कथा बोकेको फिल्म पुरानो पुस्ता पनि आजैबाट देशभर प्रदर्शनमा आएको छ। दीपसागरद्वारा लिखित तथा निर्देशित फिल्म रोल्पा र प्युठानका विभिन्न स्थानमा छायांकन गरिएको छ। 

फ्लोरिना फिल्मसको प्रस्तुतिको फिल्ममा शेरबहादुर गुरुङ, विराज बिष्ट, अनिश मगर, देव नेपाल, कृष्ण सुनार लगायतको अभिनय छ। 

बलिउडतर्फ भने नेपालका लागि दुई फिल्म 'फोर्स टु' र 'तुन बिन टु' रिलिज भएका छन्। 

एक्शन थ्रिलर फोर्स टुमा जोन अब्राहम र सोनाक्षी सिन्हाको मुख्य भूमिका छ। फिल्मलाई बिपुल शाहीले निर्माण तथा अभिनय देवले निर्देशन गरेका हुन्। 

बलिउड रोमान्टिक लभस्टोरी तुम बिन टुमा भने अभिनेत्री नेहा शर्माको मुख्य भूमिका छ। अनुभव निर्देशित फिल्म फिल्म तुमबिनको सिक्वेल हो। 

गतहप्ता प्रदर्शनमा आएको बलिउड फिल्म 'रक अन टु'ले भने हल छोडेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell