PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

एलडिओ परिवर्तन गर्ने स्थानीय विकास मन्त्री पाण्डेको चेतावनी



पहिलोपोस्ट

एलडिओ परिवर्तन गर्ने स्थानीय विकास मन्त्री पाण्डेको चेतावनी

काठमाडौं : संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले पुनर्संरचना प्रतिवेदन नबुझाउने स्थानीय विकास अधिकारी (एलडिओ) परिवर्तन गर्ने चेतावनी दिएका छन्।
 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आज बसेको पुनर्संरचना सहजीकरण बैठकमा मन्त्री पाण्डेले अब पनि रिपोर्ट किन नपठाएको भनेर एक पटक सोध्ने र त्यसपछि एलडिओ परिवर्तनको निर्णय लिइने बताए।
 
६५ जिल्लाबाट प्रतिवेदन आए पनि १० जिल्लाबाट आउन बाँकी छ। विशेषगरी तराईका जिल्लामा राजनीतिक विवादका कारण प्रतिवदेनमा ढिलाइ भइरहेको हो।
 
स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले ५४ जिल्लाको काम सकिसकेको र अरुको पनि अन्तिम तयारीमा रहेको जानकारी गराए।
 
स्थानीय तहगत संरचना र निर्वाचन एकसाथ गरे उपयुक्त हुने भएकाले आफूहरुले हतार गरेको मन्त्री पाण्डेको भनाइ छ। बैठकमा मुख्यसमचिव, सहरी विकास मन्त्रायलय तथा कानुन मन्त्रालयका सचिवहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell