
अलराउण्डर कोलिन डे ग्राण्डहोमले न्युजिल्याण्डको टेष्ट क्रिकेटमा कायम रहेको ६५ वर्ष पुरानो रेकर्ड ब्रेक गरेका छन्।
घरेलु मैदान क्राइस्चर्चमा भइरहेको पाकिस्तान विरुद्धको पहिलो टेष्टमा डेब्यु गरेका ग्राण्डहोमले ६ विकेट लिँदै डेब्युमा सबैभन्दा धेरै विकेट लिने रेकर्ड कायम गरेका हुन्।
१५.५ ओभर बलिङ गरेका उनले मात्र ४२ रन खर्चेर ६ विकेट लिएका हुन्। जुन न्युजिल्याण्डको खेलाडीले डेब्यु टेष्टमा लिएको विकेटको 'वेष्ट फिगर' हो।
यसअघि सन् १९५२ मा एलेक्स मोएरले इंगल्याण्ड विरुद्ध ६ विकेट पनि १५५ रन खर्चेका थिए।
ग्राण्डहोमकै शानदार प्रदर्शनको मद्दतमा न्युजिल्याण्डले पाकिस्तानलाई पहिलो पारीमा १३३ रनमै रोक्न सफल भएको थियो।
वर्षाका कारण पहिलो दिनको खेल रोकिएपछि दोस्रो दिन टस जितेको न्युजिल्याण्डले पहिले बलिङ रोजेको थियो। जसलाई डेबुटान्ट ग्राण्डहोमले सहप् सावित गरिदिए।
यस्तै टिम साउदी र ट्रेन्ट बोल्टले पनि समान २ विकेट लिए।
दोस्रो दिनै आफ्नो पहिलो पारी सुरु गरेको न्युजिलयाण्डलले ३ विकेट गुमाएर १०४ रन बनाएको छ। ब्याटिङमा पनि यसै खेलमार्फत डेब्यु गरेका जित राभेलले उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले नटआउट रहँदै ५५ रन बनाए।