PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

पुनर्निर्माणपछि झकिझकाउ बौद्धमा सुरु भयो विशेष पूजा, हेर्नुस् १८ फोटोमा

पुनर्निर्माणपछि झकिझकाउ बौद्धमा सुरु भयो विशेष पूजा, हेर्नुस् १८ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : २०७२ वैशाखको भूकम्पले घर-भवन मात्रै होइन विभिन्न महत्तवपूर्ण सम्पदाहरु पनि नष्ट भए। काठमाडौंको बौद्धनाथ चैत्यमा पनि ठूलो क्षति पुग्यो। भूकम्पको घाउ पुरिँदै गएको बेला सरकारले पुनर्निर्माण अभियान त थाल्यो तर सबैतिर यसले सफलता पाउन सकेको छैन।
 
बौद्धको पुनर्निर्माण भने भरखरै सकिएको छ। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाका अनुसार २३ करोड रुपैयाँको लागतमा चैत्यको जीर्णोद्धार गरिएको हो। विभिन्न भक्तजन र दातृ सङ्घसंस्थाको सहयोगबाट पुनर्निर्माण सकिएको उनको भनाइ छ।
 
बौद्ध धर्मावलम्बीले ठूलो आस्थाको केन्द्र मानिने बौद्धमा समितिले आजदेखि शुद्धीकरण पूजा  सुरु गरेको छ। तीन दिनसम्म यो पूजा निरन्तर चल्ने छ। प्राणप्रतिष्ठा तथा पाठलगायत अन्य पूजा गर्न लागिएको हो।
 
विश्व सम्पदा सूचीमा सूचीकृत चैत्यको उद्घाटन मङ्सिर ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गरिनेछ। उद्घाटन कार्यक्रमका लागि श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड लगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रण गरिएको समितिका अध्यक्ष लामाले जानकारी दिए। 

विशेष पूजाको पहिलो दिन बौद्ध परिसरमा यस्तो देखियो- 


ट्रेन्डिङ पोस्ट

Ncell