
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को आयोजनामा स्पोर्टस् न्युट्रिसन सेमिनार सम्पन्न भएको छ।
सेमिनारमा विभिन्न खेलका प्रमुख प्रशिक्षक तथा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न खेलका प्रशिक्षक गरी ५२ जना सहभागी थिए।
सहभागीलाई पोषणविद् केपी लम्सालले प्रशिक्षकले विशेष गरी खेलाडीको खानपानमा ध्यान दिनुपर्ने विषयमा जानकारी गराएका थिए।
एकदिने सेमिनार सकिएपछि राखेप सदस्य–सचिव केशवकुमार विष्टले लम्साललाई धन्यवाद ज्ञापन गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए।