PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

बसले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौंमा भूपू सेनानीको मृत्यु



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको तीनकुनेमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली सेनाका भूपू उपसेनानी काभ्रे नाला ३ बस्ने ४७ वर्षीय गोपाल श्रेष्ठ रहेका छन्।

बा ३ ख २०५६ नम्बरको बसले उनी सवार बा २६ प ४३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा सिभिल अस्पताल मीनभवनमा मृत्यु भएको हो। घटनापछि बसका चालक फरार छन्। उनको खोजी भइरहेको र बस नियन्त्रणमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell