PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

प्रदर्शनमा आउनासाथ 'पुरानो पुस्ता'ले गर्‍यो सिक्वेलको घोषणा



पहिलोपोस्ट

प्रदर्शनमा आउनासाथ 'पुरानो पुस्ता'ले गर्‍यो सिक्वेलको घोषणा

काठमाडौं : आजबाट प्रदर्शनमा आएको फिल्म 'पुरानो पुस्ता'को सिक्वेल बन्ने भएको छ। फिल्म युनिटले एकसाथ चार सिक्वेल घोषणा गरेको हो। 

फिल्म प्रदर्शनमा आउनुअघि नै कार्यक्रम आयोजना गरी फिल्मको अन्य चार भाग बनाउने निर्माण टोलीले बतायो। निर्देशक दीपसागरले भने, 'सबै सिक्वेलका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौं।' 

सावित्री ओली निर्मित पुरानो पुस्तालाई व्यावसायिक सफलता-असफलताले सिक्वेल निर्माणमा असर नगर्ने उनले बताए।

एक सय वर्ष पुरानो जीवनकथामा आधारित फिल्मको सिक्वेलहरुले पनि सोही कथालाई निरन्तरता दिनेछ। फिल्म युनिटका अनुसार फिल्मको बजेट तय भए पनि कलाकारहरु भने चयन भएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell