PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

भारतीय ५ सय र हजारको नोट साटिने संकेत, राष्ट्र बैंकको प्रयासमा मोडालिटी बन्दै



पहिलोपोस्ट

भारतीय ५ सय र हजारको नोट साटिने संकेत, राष्ट्र बैंकको प्रयासमा मोडालिटी बन्दै

काठमाडौं : बैंकिङ प्रणालीबाहिर ५ सय र १ हजार दरको भारु साटिने भएको छ। राष्ट्र बैंकको सक्रियातामा भएको छलफलमा भारतीय दूतावासले अधिकतम भारु साट्ने संकेत गरेको हो। यद्यपि ती भारु वैध हुनुपर्छ।

भारु कसरी र कुन प्रक्रियाबाट साट्ने भनेर राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा बैंकरहरु सहितको एक कार्यदल बनाएको छ। त्यो कार्यदलले आवश्यक प्रक्रिया तय गरेर भारु सटहीको मोडालिटी दूतावास मार्फत भारत सरकारलाई पठाउने छ। त्यसपछि भारत सरकारले आवश्यक निर्णय गर्नेछ।

'भारत सरकारले नेपालको समस्या समाधान गर्न सक्रियता देखाएका कारणले वैध रुपमा रहेका अधिकतम भारु सटही हुन संकेत मिलेको छ,' राष्ट्र बैंक स्रोतले भन्यो।

प्रधानमन्त्री कार्यालय, अर्थमन्त्री र परराष्ट्र मन्त्रीहरुले खासै चासो नराखेका बेला राष्ट्र बैंकको एकल प्रयास गरेको थियो। राष्ट्र बैंककै आग्रहमा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेका थिए। अर्थमन्त्री कृष्णबहादुर महराले पनि समकक्षी अरुण जेट्लीसँग कुराकानी गरेका थिए।

राष्ट्र बैंकको निरन्तरको सक्रियताका कारणले भारतले नेपालसँग भारु साट्ने मोडालिटी बनाउन लागेको हो। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दूतावास, रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेलसँग हरेक दिनजसो टेलिफोन गरेर भारु सटहीमा पहल गरेका थिए।

राष्ट्र बैंकले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानामार्फत पनि आरबिआई र दूतावाससँग निरन्तर ताकेता गरेको थियो।

राष्ट्र बैंकले भारु सटहीमा स्वीकृति आएपछि दुर्गम क्षेत्रमा पनि वाणिज्य बैंक तथा विकास बैंकहरुलाई परिचालित गरेर अधिकतम भारु साट्ने व्यवस्था मिलाउने सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell